‘डिजिटल फस्ट बैंक’ बन्ने दिर्घकालिन नीति लिएको एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको शुभारम्भ गरेको छ । यस बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरुले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।
बैंकको वेबसाइट मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरुलाई केवाइसी विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ । जसमा, ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँगभिडियो कल गरि उक्त मलमार्फत केवाइसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ ।
यदि भिडियो केवाइसीमार्फत आफ्नो भिडियो केवाइसीजानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउन ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि भिडियो कलमार्फत आफ्नो केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् ।
बैंकिङ्ग समयमा भिडियो केवाइसीको भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरि सो समयमा केवाइसी विवरण अद्यावधिक गर्नु पर्नेछ । ग्राहकहरुले भिडियो केवाइसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/भोटर ) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो केवाइसी मार्फत देखाउनु पर्ने बैंकले जनाएको छ ।
मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको उल्लेख छ ।