अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखेपछि रिमा आक्रोशित – ‘आरोप लागेकै भरमा खेलाडीलाई कालोसूचीमा राख्न मिल्छ ?’-Sutra News

अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखेपछि रिमा आक्रोशित – ‘आरोप लागेकै भरमा खेलाडीलाई कालोसूचीमा राख्न मिल्छ ?’

सोमबार, २७ भाद्र २०७९

सोमबार, २७ भाद्र २०७९

काठमाडौँ । अध्यागमन विभागले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ । प्रहरीले पत्राचार गरेपछि अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखेको हो । सन्दीप कालोसूचीमा राखिएपछि उनको फ्यानहरु अहिले दुखी भएका छन् ।



यस विषयमा धेरैले आफ्ना तर्क विर्तक प्रस्तुत गरिरहेका छन् । यसैबीच लामिछानेलाई विभागले कालोसूचीमा राखेपछि नायिकाहरुले पनि मुख खोल्न थालेका छन् । नायिका तथा टिभी प्रस्तोता रिमा विश्वकर्माले पनि सामाजिक सञ्जालमार्फत आरोप लागेकै भरमा खेलाडीलाई कालोसूचीमा राख्न नहुने बताएकी छिन् । छानविनपछि मात्रै थाहा हुने उल्लेख गर्दै दोषी ठहर भए कानून बमोजिम सजाय पाउनुपर्ने उनी बताउँछिन् ।

उनले लेखेकी छिन् – सन्दिप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधिले कुनै पनि हालतमा उनमुक्ति पाऊनु हुदैन।तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट