विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे-Sutra News

विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे

मंगलबार, २८ भाद्र २०७९

मंगलबार, २८ भाद्र २०७९

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रकाशित गरेकाे विदेशी मुद्रा विनिमय दरनुसार अमेरिकी डलरको भाउमा ओरालाे लागेकाे छ भने युरोपियन युरो बढेको छ ।



सोमबार एकको खरिददर १२७ रुपैयाँ ४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा रहेको अमेरिकी डलर मंगलबार घटेर एकको खरिदमा १२६ रुपैयाँ ९४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५४ पैसामा झरेको हो ।

त्यस्तै, एकको खरिदमूल्य १२७ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ १६ पैसा रहेको युरोपियन युरो म‌ंगलबार बढेर खरिदमा १२८ रुपैयाँ ७७ पैसा र बिक्रीमा १२९ रुपैयाँ ३८ पैसा पुगेको छ ।

अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । सोमबार एकको खरिददर ८६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा रहेको अष्ट्रेलियन डलर मंगलबार बढेर खरिदमा ८७ रुपैयाँ २३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा पुगेको हो ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९८ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिदमा ९० रुपैयाँ ९१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३४ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ ।

यता, डलरसँगै साउदी रियालमा सामान्य ओरालाे लागेकाे छ भने कतारी रियाल बढेको छ । यसअघि खरिदमूल्य ३३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको साउदी रियाल आज खरिदमा ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा कायम भएको छ छ ।

कतारी रियाल भने सामान्य महङ्गिएको छ । यसअघि एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८५ पैसा रहेको कतारी रियालको खरिददर ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट