एनआईसी एशिया बैंकका ग्राहकले दराजबाट किनमेल गर्दा विषेश छुट-Sutra News

एनआईसी एशिया बैंकका ग्राहकले दराजबाट किनमेल गर्दा विषेश छुट

बुधबार, २९ भाद्र २०७९

बुधबार, २९ भाद्र २०७९

एनआईसी एशिया बैंकले दराज ई-कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । यहि भाद्र २९ देखि असोज ११ गतेसम्मको लागि लागू हुने गरि सम्झौता भएको हो ।



यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ । क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा दुई हजार पाँच सय रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ ।

चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । आफ्नो कार्डमा ई-कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई-कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट