काठमाडौं महानगर कार्यालय घेराउ गर्दै फुटपाथ व्यवसायी-Sutra News

काठमाडौं महानगर कार्यालय घेराउ गर्दै फुटपाथ व्यवसायी

बिहिबार, ३० भाद्र २०७९

बिहिबार, ३० भाद्र २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध फुटपाथ तथा साना व्यापारीले आज आन्दोलन गर्ने भएको छ । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले विरोध प्रदर्शन गर्दै महानगर कार्यालय धेराउ गर्ने भएको हो ।



महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महासंघले आन्दोलन गर्न लागेको हो । फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको महासंघले आरोप लगाएको छ । महासंघले महानगरले निर्मम ढंगले लखेट्न खोजेको पनि आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट