सन्दीप प्रकरण बारे बोले प्रमोद खरेल – ‘देशको झण्डा छातीमा बोकेको सन्दीपमाथि केही तत्व हात धोएर लागे’-Sutra News

सन्दीप प्रकरण बारे बोले प्रमोद खरेल – ‘देशको झण्डा छातीमा बोकेको सन्दीपमाथि केही तत्व हात धोएर लागे’

बिहिबार, ३० भाद्र २०७९

बिहिबार, ३० भाद्र २०७९

काठमाडौँ । १७ वर्षीया नाबालिग बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई लिएर अहिले विभिन्न टिप्पणीहरु गर्न थालिएको छ । नाबालिग बलात्कार आरोप लागेपछि उनीविरूद्ध पक्राउ पुर्जी पनि जारी गरिएको छ । उनी नेपाल आउने बित्तिकै पक्राउ गर्ने तयारीमा प्रहरी छ ।



आफूविरूद्ध पक्राउ पुर्जी भएलगत्तै क्यानको सम्पर्कमा आएका उनी अहिले सम्पर्कविहीन भएको खबर पनि आइरहेको छ । यसैबीच सन्दीपमाथि लागेको आरोप र अध्यागमन विभागले कालोसूचीमा राखेको बिषयलाई लिएर विभिन्न कलाकारहरुले सामाजिक सञ्जालमार्फत आआफ्नो धारणा राखिरहेका छन् । यस्तै चर्चित गायक प्रमोद खरेलले पनि सन्दीप बारे केही कुरा गरेका छन् । उनले सन्दीपमाथि केही तत्वहरू हात धोएर लागेको बताएका छन् ।

उनले क्रिकेटर सन्दीपमाथि अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार भइरहेको समेत बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘मानौं ऊ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए । देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जानुपर्छ’

जाहेरीमा पीडित बालिकाले सामाजिक सञ्जाल स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गरेको र पछि प्रलोभन देखाइ भेट्न बोलाएर जबरजस्ती गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । गएको ५ गते नगरकोट घुमाउन लगेको र फर्किने क्रममा काठमाडौंको एक होटलमा बसौं भनेर जबर्जस्ती करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट