युक्रेनको पूर्वी शहर इजियममा फेटियो ४४० शव-Sutra News

युक्रेनको पूर्वी शहर इजियममा फेटियो ४४० शव

शुक्रबार, ३१ भाद्र २०७९

शुक्रबार, ३१ भाद्र २०७९

एजेन्सी – युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका बताएका छन् । उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो ।



केही व्यक्तिहरू गोलाबारी र हवाई आक्रमणमा मारिएका एक क्षेत्रीय प्रहरी अधिकारीले बताए । प्रत्येक शवको फोरेन्सिक अनुसन्धान गरिने खार्किभ क्षेत्रका प्रमुख प्रहरी अन्वेषक सेर्ही बोल्भिनोभले बताए । ति शव निर्दोष सर्वसाधारणको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा युक्रेनले यसअघि रुसले कब्जा गरेका महत्वपूर्ण क्षेत्रलाई पुनः फिर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट