गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन-Sutra News

गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

शुक्रबार, ३१ भाद्र २०७९

शुक्रबार, ३१ भाद्र २०७९

काठमाडौं ,३१ भदौ -गरिमा विकास बैंकको संस्थापक सेयर लिलामी भर्ने भदौ ३१ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकले साउन २६ गतेदेखि १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।



यसमा यसै कम्पनीको इच्छुक संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट