नेपालमा ११० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु-Sutra News

नेपालमा ११० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

शुक्रबार, ३१ भाद्र २०७९

शुक्रबार, ३१ भाद्र २०७९

काठमाडौं, ३१ भदौ-नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८२७ जनाको नमूना परीक्षण गर्दा ११० जनामा कोरोना पुष्टि भएको हो । जसमा ६० जनामा पिसीआरबाट र ५० जनामा एन्टीजेनबाट संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने एक जनाले ज्यान गुमाएका छन् । हाल २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट