माधव नेपाल र राष्ट्रपतिलाई बालेनको प्रश्न- कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?-Sutra News

माधव नेपाल र राष्ट्रपतिलाई बालेनको प्रश्न- कुन मुख देखाएर भोट माग्न जानुहुन्छ ?

शनिबार, १ असोज २०७९

शनिबार, १ असोज २०७९

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले तीनकुनेको समस्या देखाउँदै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीप्रति कटाक्ष व्यक्त गरेका छन् ।



उनले तीनकुनेको समस्या समाधान नगरेको भन्दै अब कुन मुख देखाएर जनता माझ भोट माग्न  जाने भन्दै प्रश्न गरेका हुन् ।

‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।‘ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट