तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ एक्कासी किन स्थगित भयो ?-Sutra News

तनहुँमा आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ एक्कासी किन स्थगित भयो ?

आइतबार, २ असोज २०७९

आइतबार, २ असोज २०७९

काठमाडौं । तनहुँ कारागारमा रहेका मोडल तथा अभिनेता पल शाहको मुद्धाको सुनुवाइ स्थगीत भएको छ । आज तनहुँ जिल्ला अदालतमा शाहको मुद्धाको सुनुवाइ हुने भनिएको थियो । तर न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको जनाइएको छ ।



शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार ‘न्यायाधीश अनुपस्थित भएपछि आजको सुनुवाइ स्थगित भयो । अर्को पेशीको मिति बेलुकासम्म आउँछ । आज गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परे पनि सुनुवाइ भने हुन सकेन् ।

शाह बलात्कार मुद्दाको पुर्पक्षका लागि अहिले तनहुँ कारागारमा छन् । गत साता नवलपुर जिल्ला अदालतले सोही प्रकृतिको मुद्दामा पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट