काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई सरकारले इन्टरपोलमार्फत् पक्राउ गरी ल्याउने तयारी गरेको छ ।
सन्दीपलाई इन्टरपोलमार्फत् खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढेको नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले जानकारी दिए ।
आरोप लागेको धेरै दिनसम्म पनि लामिछाने सम्पर्कविहीन भएपछि नेपाल प्रहरीले सोमार्फत पक्राउ गर्ने तयारी सुरु गरेको हो ।
उनलाई क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरिसकेको छ ।
उनले केहीदिनअगाडी सामाजीक संजालमा आफू निर्दोष रहेको दाबी गरेका थिए । त्यसपछि उनी गायब भएका छन् । उनी प्रहरी र क्यानको सम्पर्कमा छैनन् ।