मेस्सीको निर्णायक गोलमा पिएसजीको जित-Sutra News

मेस्सीको निर्णायक गोलमा पिएसजीको जित

सोमबार, ३ असोज २०७९

सोमबार, ३ असोज २०७९

स्टार खेलाडी लियोनेल मेस्सीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लियोनलाई १-० ले पराजित गरेको छ ।



आइतबार राति लियोनको मैदानमा पाँचौ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता बनाएको थियो । अर्का स्टार खेलाडी नेयमारले बक्स भित्रबाट दिएको पासलाई मेस्सीले उत्कृष्ट गोल गरेका थिए ।

८ खेलबाट २२ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । पराजित लियोन १३ अंक जोडेर छैटौं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट