सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको मृत्यु-Sutra News

सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको मृत्यु

मंगलबार, ४ असोज २०७९

मंगलबार, ४ असोज २०७९

एजेन्सी – सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको ८० वर्षको उमेरमा निधन भएको छ । भ्यालेरी पोल्याकोभले मिर स्पेस स्टेशनमा सन् १९९४ देखि १९९५ सम्म पृथ्वीको परिक्रमा गरी ४३७ दिन बिताएका थिए ।



उनले मंगल ग्रहको लामो यात्रा गर्ने हो भने मानिसले आफ्नो मानसिक स्वास्थ्य कायम राख्न सक्छन् कि सक्दैनन् भनेर परीक्षण गरेका थिए ।

पोल्याकोभको मृत्यु रुसी अन्तरिक्ष एजेन्सीले घोषणा गरेको थियो । उनलाई सोभियत संघको नायक र युएसएसआरको पायलट–कस्मोन सहितका उपाधि सो निकायले दिएको थियो । उनको मृत्युको कारण खुलासा गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट