प्रेम गीत विवाद दीपकराज गिरिले गरे सन्तोष सेनलाई यस्ता प्रश्नै प्रश्न – आफ्ना सेना तथा समर्थकलाइ सभ्य हुन सिकाऔ-Sutra News

प्रेम गीत विवाद दीपकराज गिरिले गरे सन्तोष सेनलाई यस्ता प्रश्नै प्रश्न – आफ्ना सेना तथा समर्थकलाइ सभ्य हुन सिकाऔ

मंगलबार, ४ असोज २०७९

मंगलबार, ४ असोज २०७९

काठमाडौं – चलचित्र प्रेमगीत ३ का कारण अहिले नेपाली चलचित्र क्षेत्रका कलाकारहरु दुई चिरामा विभाजन भएका छन् । कलाकारहरुले यस चलचित्रका बिषयमा विभिन्न टिप्पणीहरु दिइरहेका छन् । ‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा फिल्म हलमा प्रदर्शन हुँदैछ । नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर कलाकारहरुले आआफ्नो कुरा राखेका छन् ।



यसैबीच अभिनेत्री करिश्मा मानन्धरले चलचित्र ‘प्रेमगीत ३’ लाई सघाउनुपर्ने कुरा राखेकी छिन् । अभिनेता दीपक राज गिरिले पनि प्रेम गीत विवाद बारेमा केही कुराहरु राखेका छन् । मंगलबार निर्माता सन्तोष सेनले कलाकार सरोज खनालमाथि लज्जास्पद टिप्पणी गरेपछि गिरीले पनि सन्तोषलाई केही प्रश्न गरेका छन् ।

हास्यकलाकार समेत रहेका गिरिले सबैलाई गाली गरेरै फिल्म चलाउने हो भनेर सन्तोषलाई प्रश्न गरेका छन् । संजालमा लेख्दै गिरिले सन्तोष माथि औला ठडाएका हुन् । गिरि लेख्छन्स् निर्माता सन्तोषले सरोजलाई अमेरिकामा लुक्ने थिति बसालेको भन्दै कटाक्ष गरेपछि दिपकले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् आज म लेख्दैछू … भूवन केसी , अनमोल केसी, झरना थापा ,म अब हूदॉ हूदॉ आदरणीय सरोज खनाल दाइ उफ…यो लिष्ट निक्कै लामो हूदैछ दिनप्रति ….सबैलाइ गालि गरेरै फ़िल्म चलाउने हो ? यति राम्रो हाइप हूदॉहूदै के गर्या यो? आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाइ पनि उचालेर उद्योगका मान्छे लाइ गालि गर्न लगाएर सबैलाइ सिध्याउने हो? त्यसपछि उद्योग सकिदिने?अनि आफू मात्रै राज गर्ने हो?घर नै नरहे कॉहा बस्छौ साथि?जे जे गर्यौ महान काम गर्यौ,तर हिन्दी भाषाकोमा नियम अनुसार कर तिर… वरू राम्रो कामको लागि नेपाली भाषाको फ़िल्ममा extra छुट माग सक्किगो त ….यति लेखे पछि bycutanmol मा मेरो पनि नाम थपौला ,निर्देशन अनुसार गालि गलौच पनि गरौला पक्कै पनि !

तर यति ठूलो तिमिहरूको अन्याय कसरी सहेर बस्नु? साथिहरूले कसरी सहेर बसें मैले चाहि सकिन माफ पॉउ !हरेकदिन मिडियामा आएर हंगामा मच्चाउने किन? आफ्ना सेना तथा समर्थक लाइ सभ्य हुन सिकाऔ साथि ! तपाइको फ़िल्म चल्दा हामि कसैको बेफाइदा छैन, तपाइको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ !फाइदा नै छ !सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौ !होइन भने एकले अर्को लाइ नसकौ!जय नेपाल !!!

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट