एक विद्यालय र गाउँमा हवाई आक्रमण, ७ बालबालिकासहित १३ जनाले ज्यान गुमाए-Sutra News

एक विद्यालय र गाउँमा हवाई आक्रमण, ७ बालबालिकासहित १३ जनाले ज्यान गुमाए

मंगलबार, ४ असोज २०७९

मंगलबार, ४ असोज २०७९

ब्याङकक – उत्तर–मध्य म्यान्मास्थित एक विद्यालय र गाउँमा सेनाले हेलिकप्टरबाट आक्रमण गर्दा सात जना बालबालिकासहित १३ जनाको मृत्यु भएको एक जना विद्यालय प्रशासक र अर्का एक जना सहायताकर्मीले बताएका छन् ।



म्यान्मामा प्रजातन्त्र समर्थक विद्रोही र उनीहरूलाई सहयोग गर्नेहरूमाथि सैनिक सरकारले आक्रमण गर्दा निर्दोष सर्वसाधारण मारिने गरेका छन् । गत शुक्रबार सागिङ क्षेत्रको ताबायिनमा ती बालबालिका मारिएका हुन् । प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई अपदस्थ गरेर सेनाले सत्ता कब्जा गरेपछि भएको बालबालिकाको यो हताहती सबैभन्दा ठूलो हो ।

सेनाले शासन कब्जा गरेपछि जनतस्तरमा देशव्यापीरूपमा अहिंसात्मक विरोध प्रारम्भ भएपछि सैनिक र प्रहरीले घातक कारबाही थाल्दा शहर र गाउँमा सशस्त्र प्रतिरोध जारी छ । राष्ट्रसङ्घीय बालकोषको पछिल्लो प्रतिवेदनअनुसार सागिङमा सेनाले भीषण कारबाही गरेको छ जहाँ केयौँ गाउँ जलाइएका थिए । सैनिक कारबाहीका कारण त्यहाँबाट झण्डै पाँच लाख सर्वसाधारण विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट