दुबईमा ३५ करोडको चिठ्ठा जितेका नेपाली युवक भरत भन्छन् – ‘यो पैसाले ऋण र भाइको उपचार गर्छु’-Sutra News

दुबईमा ३५ करोडको चिठ्ठा जितेका नेपाली युवक भरत भन्छन् – ‘यो पैसाले ऋण र भाइको उपचार गर्छु’

बिहिबार, ६ असोज २०७९

बिहिबार, ६ असोज २०७९

काठमाडौँ । नेपालका एक युवकले दुबईमा झण्डै ३५ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । दुबईमा कार सफा गर्ने काम गर्दै आएका ३१ वर्षीय भरत बिश्वकर्माले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् ।



केही वर्षदेखि मासिक नेपाली ४५ हजारमा कार सफा गर्ने काम गर्दै आएका उनले ९एक करोड दिराम० झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका हुन् । नेपालको गुल्मीका रहेका भरतले लामो समयदेखि सोही चिठ्ठा किनिरहेका थिए ।

तर एक्कासी उनको भाग्य खुल्यो र झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जिते । टिभीमा लाइभ हेरिरहेका उनले एक्कासी थाहाँ पाउँदा खुसीले गदगद भए । उनले भने ‘शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

चिठ्ठा जित्नुअघिसम्म उनको दुबईमा बैंक खाता समेत नभएको बताइएको छ । उनले आफूले जितेको यो पैसाले आफ्नो ऋण तिर्ने र ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि खर्च गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट