काठमाडौं, ७ असोज-नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा रहेको छ।
युरो एकको खरिद दर १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ०२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।