विद्यालयमा गोली चल्यो- कम्तीमा १५ जनाको मृत्यु-Sutra News

विद्यालयमा गोली चल्यो- कम्तीमा १५ जनाको मृत्यु

मंगलबार, ११ असोज २०७९

मंगलबार, ११ असोज २०७९

रुसमा विद्यालयमा भएको गोलीकान्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मध्य रसियाको आफ्नो पुरानो विद्यालयमा सोमबार एक व्यक्तिले गोली चलाएको अधिकारीहरूले बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आंशिक परिचालनको विरोधमा देशभर प्रदर्शन भइरहेका बेला विद्यालयमा नरसंहार भएको हो ।



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजेभस्क सहरमा भएको ‘अमानवीय आतंकवादी हमला’ भत्र्सना गरेका छन् । गोली हान्ने व्यक्ति नव फासीवादीसमूहसँग आवद्ध रहेको बताइएको छ । अन्वेषकहरूका अनुसार आक्रमणकारीले  नाजीको प्रतीकसहितको कालो टप लगाएको थियो । सन् १९८८ मा जन्मिएका आक्रमणकारीले सोही विद्यालयबाट स्नातक गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट