बंगलादेशमा तीर्थयात्रीहरू बोकेको डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुगे-Sutra News

बंगलादेशमा तीर्थयात्रीहरू बोकेको डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुगे

मंगलबार, ११ असोज २०७९

मंगलबार, ११ असोज २०७९

एजेन्सी – बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहरनजिकै कारोटोआ नदीको तटमा डुंगा अचानक डुबेर डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।



डुंगामा झन्डै १०० जना यात्रु रहेका थिए । क्षममताभन्दा बढी यात्रुका कारण सो डुंगा दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट