काठमाडौं – बलिउड अभिनेत्री शिल्पा शेट्टी विभिन्न कारणले चर्चामा आइरहने गर्छिन् । हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी शिल्पा अहिले घरकै काममा व्यस्त छिन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहेकी शिल्पा कहिलेकाही आफ्ना व्यक्तिगत कुराहरु पनि खोल्ने गर्छिन् ।
उनले अभिनेता अक्षय कुमारसँग फिल्म खेल्दाको अनुभव बारे केही मिडियामा पनि खुलाएकी थिइन् । अक्षय कुमार बलिउड इन्डस्ट्रीका कैयौं अभिनेत्रीसँगको आफ्नो प्रेमकथालाई लिएर चर्चामा रहन्थे । जसमा शिल्पा पनि एक हुन् । तपाईलाई थाहाँ छ, शिल्पा अक्षको प्रेममा पागल जस्तै थिइन् । त्यतिबेला उनी कलाकारलाई असाध्यै माया गर्थिन् । त्यसपछि शिल्पाले चर्चित व्यापारी राज कुन्द्रासँग विवाह गरिन् ।
दुबैको प्रेम कहानी धेरै अगाडि बढिरहेको थियो, तर अचानक उनीहरु छुट्टिन बाध्य भए । साँचो प्रेम सायद उनको जीवनमा भाग्य थिएन। यही कारण एक समय दुवैको बाटो अलग भयो । विवाहपछि आफ्नो प्रेमबारे अक्षयले केही कुरा गरेनन् । तर शिल्पाले भने केही मिडियामा खुलाइन् ।
उनले अक्षयले आफूलाई मात्र प्रयोग गरेर छोडेको बताइन् । त्यस समय उनको यो भनाईले हंगामा नै मच्चिएको थियो । उनले भनिन्– ‘अक्षयले मलाई मात्र प्रयोग गरे र छोडे ।’