अमेरिकी सहायकमन्त्री एलिजाबेथ आज नेपाल आउँदै-Sutra News

अमेरिकी सहायकमन्त्री एलिजाबेथ आज नेपाल आउँदै

बुधबार, १२ असोज २०७९

बुधबार, १२ असोज २०७९

काठमाडौं, १२ असोज-अमेरिकी कार्यबाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज बुधबार नेपाल आउँदैछिन् । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धीकी कार्यवाहक सहायकमन्त्री रहेकी उनी नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा काठमाडौं आउन लागेकी हुन् ।



अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उनले गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागिता जनाउने छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट