मेस्सीको गोलमा अर्जेन्टिनाको जित-Sutra News

मेस्सीको गोलमा अर्जेन्टिनाको जित

बुधबार, १२ असोज २०७९

बुधबार, १२ असोज २०७९

काठमाडौं – वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोल मद्दतमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ ।बुधबार बिहान मेसीको दुई तथा जुलियन अल्भारेजले एक गोल गरेपछी अर्जेन्टिनाले जमैकालाई ३-० ले पराजित गर्यो ।



खेलको १३औं मिनेटमा अल्भारेज पहिलो गोल गरे । ८६ औं मिनेटमा मेस्सीले अग्रता २-० को बनाए । ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गरे ।

यश अघि मेस्सी ५६औं मिनेटमा लौटारो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए । अर्जेन्टिना कतार विश्वकपको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट