पप स्टार साकिरालाई यस्तो गम्भिर मुद्दा चलाउन अनुमति-Sutra News

पप स्टार साकिरालाई यस्तो गम्भिर मुद्दा चलाउन अनुमति

बुधबार, १२ असोज २०७९

बुधबार, १२ असोज २०७९

एजेन्सी – कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ ।



स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन यूरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ ।अभियोजकले साकिरालाई दोषी ठह¥याउँदै आठ वर्षको जेल सजाय र अधिकतम् जरिवाना भराउन माग गरेको छ ।

साकिराले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेकी छन् । उनले मुद्धाबाट बच्नका लागि एक अधिकारीसँग सम्झौता गर्नुपर्ने प्रस्तावलाई अस्वीकार गरेकी छन् ।

‘उनले सबै कर बुझाएकी छन् । उनीमाथि जुन बाँकी हो, त्यो ३ मिलियन यूरो व्याज मात्र हो’, उनको जनसम्पर्क अधिकृतले भनेका छन् ।

बार्सिलोनाको एस्प्लग्यूज डी लोब्रेगेट शहरमा रहेको अदालतले साकिराले कर छलीको ५ मामलाको सामना गर्नुपर्ने बताएको छ । यद्यपि यो मामलामा अदालतले औपचारिक रेफरलको घोषणा गरेको छैन र ट्रायलका लागि मिती पनि तोकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट