काठमाडौं – गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा १७ वर्षिया नेपाली किशोरी परिजिता बाँस्तोलाले राम्रो प्रस्तुति दिएकी छिन् ।उनले आफ्नो सुमधुर स्वरले १५ सेकेन्डमै निर्णायकलाई आफुतिर फर्काउन सफल भइन् ।
उनको प्रस्तुतिले चारै जना निर्णायक फर्किएका थिए । उनले तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाएकी थिइन् । चारैजना निर्णायकले उनको गायकीको प्रशंसा गरे ।
जज क्यामिलाया केबेलोले परिजिताले आफ्नो मनपर्नेमध्येको गीत गाएको भन्दै प्रशंसा गरिन् भने जोन लिजेन्डले पनि सहकार्य गर्न पाउँदा आफूलाई सम्मानित महसुस भएको बताए । यस्तै जजको प्रशंसापछि परिजिताले चारैजना जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन् ।