पाकिस्तानी प्रधानमन्त्रीले गरे चीनको प्रसंशा, सहयोग गरेको भन्दै दिए धन्यवाद-Sutra News

पाकिस्तानी प्रधानमन्त्रीले गरे चीनको प्रसंशा, सहयोग गरेको भन्दै दिए धन्यवाद

शुक्रबार, १४ असोज २०७९

शुक्रबार, १४ असोज २०७९

इस्लामावाद – पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफले चीन र यहाँको नेतृत्वको प्रशंसा गर्नुभएको छ ।पाकिस्तानी प्रधानमन्त्री सरिफले हालै पाकिस्तानमा आएको बाढी पहिरो र यसका कारण भएको जनधनको क्षतिमा चीनले सहयोग गरेको बताउँदै चीनको प्रसंशा गर्नुभएको हो ।



इस्लामावादमा पाकिस्तानका लागि चीनले आज आयोजना गरेको सहयोग हस्तान्तरण कार्यक्रममाा बोल्दै प्रधानमन्त्री सरिफले पाकिस्तानमा आएको बाढी र पहिराले पु¥याएको क्षतिपछि समयमै चीनले खाद्यान्न लगायतका सामग्री सहयोग गरेर पाकिस्तानी जनतालाई सान्त्वना प्रदान गरेको बताउनुभयो ।

पाकिस्तानमा बाढीबाट दशौँ हजार नागरिक घरबारबिहीन भएका र उनीहरुलाई खाना र बस्नको समस्या भएका बेला चीनले ठूलो सहायता प्रदान गरेको प्रधानमन्त्री सरिफले बताउनुभयो ।

शुक्रबार बिहान इस्लामावादस्थित पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा आयोजना भएको सो कार्यक्रममा चीन सरकारले पाकिस्तानलाई छ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग हस्तान्तरण गरेको थियो ।पाकिस्तानका बाढी पीडितका लागि चीनले अघिल्लो महिनादेखि नै खाद्यान्न, औषधि एवं अन्य सहयोगहरु उपलब्ध गराउँदै आएको छ । यस वर्षको मनसुनी वर्षाका कारण पाकिस्तानमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गराएको छ ।

यसवर्षको सो मनसुनी वर्षाबाट यहाँ एक हजार पाँच सयभन्दा बढीको ज्यान गएको छ भने यहाँका भौतिक लगायतका संरचनाहरुमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट