पेट्रोल पम्पमा विस्फोट, एक स्कूले छात्रासहित १० जनाको मृत्यु-Sutra News

पेट्रोल पम्पमा विस्फोट, एक स्कूले छात्रासहित १० जनाको मृत्यु

आइतबार, २३ असोज २०७९

आइतबार, २३ असोज २०७९

एजेन्सी – आयरल्यान्डको उत्तरपश्चिममा रहेको पेट्रोल स्टेसनमा भएको विस्फोटमा एक स्कूले छात्रासहित १० जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ । काउन्टी डोनेगल गाउँ क्रिस्लोमा सो विस्फोट भएको आयरल्यान्डको प्रहरी गार्डा सियोचनाले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।



‘विष्फोटमा किशोर किशोरीसहित १० जनाको मृत्यु भएको छ ’, प्रहरीले भनेको छ, ‘पीडित सबै स्थानीय रहेको देखिन्छ । ’ विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट