जन्म दिनमा पुटिनले पाए ट्र्याक्टर उपहार-Sutra News

जन्म दिनमा पुटिनले पाए ट्र्याक्टर उपहार

आइतबार, २३ असोज २०७९

आइतबार, २३ असोज २०७९

एजेन्सी – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्म दिनमा अनौठो उपहार प्राप्त गरेका छन् । युक्रेनविरुद्ध ७ महिनादेखि हमला गरेका पुटिनले ट्र्याक्टर उपहार प्राप्त गरेका हुन् ।



पुटिनका बेलारूसी सहयोगी अलेक्जेन्डर लुकासेन्कोले सो उपहार दिएका हुन् । रुसी सहर पिटर्सवर्गको भ्रमणका क्रममा लुकासेन्कोले उक्त उपहार दिएका हुन् । पुटिनलाई ट्र्याक्टर उपहार दिएको लुकासेन्कोले पुष्टि गरेका छन् ।

युरोपको स्व–शैलीका ‘अन्तिम तानाशाह’ लुकासेन्को सन् १९९४ देखि सत्तामा छन् । युक्रेनमा रुसी हमलाको उनले समर्थन गर्दै आएका छन् । लुकासेन्को पुटिनका निकट मित्रसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट