नेताज्यु, नमस्कार !
यसपालिको अर्थमन्त्रीको बजेट भाषण सुन्नका लागि टि.भि. अगाडि तम्तयार भएर बसेको थिएँ । केहिबेरमा अर्थमन्त्री बिरालोको मुखबाट फुत्किएको मुसा जसरी फुत्त डायसमा पुग्नुभयो र बजेट पढ्न पनि सुरु गर्नुभयो तर मेरो ध्यान भने एकाएक आजभन्दा करिब ७ बर्ष पहिला टेलिभिजनमा यसरी नै बजेट भाषण समचार हेर्दै थिए त्यता तिर मोडियो । यो त केवल भुमिका र पात्र फरक , पद्धति उही भएको घटना थियो । सोहीक्रममा संसदमा भएको लडाई भाती अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रजातान्त्रिक मुलुकको संसदीय अभ्यास देखेर भित्रभित्र दुःखी बनाएको थियो नै सोही बेला हाम्रो चार वर्षको छोराले बाबा ति अंकलहरुको हुन् भनेर पछाडीबाट सोध्यो। म नबोली रमिता हेर्न वाध्य थिए पुन उसले बाबा ति अंकलहरुले हरुले किन त्यसो गरेका भनेर फेरि प्रश्न गर्यो म नतमस्तक भए र मलिन स्वरमा तिम्रो भविष्य बनाउन लागेका हुन् भने । अनि उसले फेरि बाबा भविष्य भनेको के हो भन्यो । मलाई सहि उत्तर दिन लज्जाबोध लाग्योे र उसलाई तिमि ठुलो भएपछी बुझ्दछौं ल बाबा समाचार हेरेर आउँछु तिमी खेल्न जाँउ भनेर टारेँ । मैले त उसलाई टारेँ टारेँ तर मलाई त्यस दिनदेखि भित्रैदेखि आफ्नो आत्मलाई टार्र्न सकिन र यो विचको दौरानमा भएका राजनैतिक विसंगती, टुट फुटको राजनीति तथा देशको अहिलेको दयनिय आर्थिक अवस्थाको कारणले एका एक नेपालको इतिहास देखि वर्तमानसम्मका सुनेका, पढेका र भोगेका घटनाहरु सम्झिए । प्रकृतिले अनुपम उपहार दिएको देशको अहिलेको दूरावस्था देखेर एक चिनियाँ प्रोफेसरले भनेको भनाइँ सम्झिए “नेपाल सुनको कचौरामा भिख मागिरहेको देश “ अनि सम्झिए देशको अर्थतन्त्रका मेरुदण्ड जो देशमा रोजगार नपाएर बिदेशी मरुभूमिमा श्रम बेचिरहेका दाजुभाई दिदीबहिनीहरुलाई र तिनैमध्ये सुन्दर सपनाको डोरी टुटी कफिनको बाकसमा फर्किएकाहरुलाई ।
आज नेताहरुले स्वर्ग जस्तो प्यारो अनि शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मिएको देश लाई बिदेशी रणभूमि को क्रीडा स्थल बनाउदै हुनुहुन्छ । केवल स्वार्थ छ त आफ्नो र आफ्नो पार्टीको । नेताहरुले देखाएका यस्तै ताण्डव नृत्यले मानसपटलमा एकाएक २०४६, २०५२ देखि को माओवादी जनयुद्ध र २०६२—०६३ सालको जनआन्दोलनहरुमा सक्रिय सहभागी भई वीरगती प्राप्त गरेका सहिदहरूको त्याग र घाइते तथा परिवारले पाएको दुःखले जनताले पछि कल्पना गरिएको सुःख कस्तो थियो भनेर सोच्न बाध्य तुल्यायो । विश्वका कैयौं ठूला देशहरु उपनिवेश र दासताबाट गुज्रिदा पनि हाम्रा बिर गोर्खालि पुर्खाले सान सँग देशलाई पराधीन हुनबाट जोगाए नत कसैको गुलामी हुनुपर्यो न कसैको दासता स्वीकार्नु नै पर्यो । हामी त्यसैले त आज स्वतंत्रता दिवस मनाउन परिरहेको छैन तर आज यो दौरानमा हामीलाई तिनैले गर्दा नै देश बर्बाद भयो भनियो अनि राष्ट्रिय विभुतीहरुको सालिक फोड्न लगाइयो अनि देश पछि परेकै यिनै सामन्तीहरुले हो भनेर सिकाइयो । हामीलाईनैं कहिले कांग्रेस, कहिले माले—एमाले बनाइयोे त कहिले माओवादी अनि मधेशवादी बनाइयो । हामीले तपाईहरुले भनेको मान्दै गयौँ । तपाईहरुले प्रत्येक सरकारी स्कूल—स्कूल, कलेज—कलेज अनि विश्वविद्यालयहरुमा गएर समय र उत्तेजना अनुसारका आन्दोलन गर्न भन्नुभयो । हामीहरु पढाइ छाडेर तपाईहरुका आन्दोलनमा होमिदै गयौं । हामीलाई हाम्रो पढाई भन्दा ठुलो चक्काजाम अनि मसाल जुलुस लाग्दै गयो । तर बल्ल आज थाहा भयो त्यतिबेला हजुरहरुका छोरा—छोरी त निजी र सुविधासम्पन्न स्कूल र महाविद्यालयहरूमा पढेका रहेछन् । आज हाम्रा दाजु—भाई तथा दिदी बहिनीहरु त्यही पढाइको कमिले खाडीमा पसिना बगाइ रहँदा हजुरका छोराछोरीहरु विदेशबाट उच्च शिक्षा हासिल गरि देशको बागडोर चलाउने र हाम्रा छोराछोरीहरुको भबिस्य बनाउने भनेर तपाईंहरूको उत्तराधिकारी भएर आइरहनु भएको रहेछ ।
हामीलाई महापुरुष बीपी कोइरालाका भनाइ, लेख र पुस्तक पढ्न भनीयो । हामी पढ्दै गयौं उनका संघर्ष, जेल जिबनी अनि भाई फुटे गवार लुट्छन भन्ने जानेर नै राजा सँग गरिएको मेलमिलापको दूरदृष्टि भिजन पाइयो तर आज बल्ल थाहा भयो वीपी कोइरालाको नाममा गिरिजा र सुजाताले देशमा राज गर्नु भएको रहेछ अनि सशांक र शेखरले जागिरपछि निमित्त भरण पेन्सन स्वरुप पार्टीमा महत्वपूर्ण पद पाउनु भयो । उहाँहरूलाई त्यहाँ पुर्याउने हामी नै हो किनकि हामीलाई वि.पी.रुपि ज्ञानले यस्तो एकोहोरो बनाएको थियो कि सबै कोइरालाहरु वि.पी. नै हुन् । जस्तो भदौमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ । हाम्रो संविधान जारी गर्ने नगर्ने के राख्ने नराख्ने गरी हामीलाई सम्झाइबुझाई दिन विदेशीले मेलमिलाप कार्यक्रम गरिदिँदा रहेछन् । विशेश्वरप्रसाद कोइराला देशमै औद्योगिक क्रान्ति गरी देश विकास गर्नुपर्छ भन्नुहुन्छ भनेर तपाईहरुले भन्नुभयो तर बल्ल आज थाहा भयो उनकै अनुयायी भएर नै होला यत्रा सरकारी उद्योगहरु कौडीको मूल्यमा बेचेर निजीकरण गरिदिनुभयो । निजीले फेरी विदेशी सँगको ब्यक्तीगत फाइदा लिएर कम्पनी बन्द गरिदिए अनि घुमाउरो पाराले देश पर निर्भर भयो र त आज हामीले सियो देखि जहाज सम्म र कृषि प्रधान देशले खाध्यान्नमा समेत अरुकै परनिर्भर हुनु पर्यो । हामीलाईत गणेशमान जस्तो सर्वमान्य नेता हुन्छौं भन्नुभयो, हामीले हो भन्दै गयौं तर बल्ल आज थाहा भयो अरु नेता त परै जाउन उनकै पुत्रले पनि पत्नीलाई स्थानीय चुनावमा मेयर पद सँग आफ्नो नैतिकत साटेको र त्यागी बाउको छोराले श्रीमति का लागि गरेको त्याग । अनि थाहा भयो पार्टीमा राम्राभन्दा हाम्रा अनि सर्वमान्य भोट भन्दा बहुमुल्य नोटंले नेता र मन्त्री भएको । कृष्णप्रसाद भट्टराईको लौरो र कमण्डलु देखाउँदै यस्तै सन्त हुनुपर्छ भन्नु भयो । नेपालको पहिलो संसदको पहिलो सभामुख हुँदा खेल्नुभएको संसदको अभिभावकीय भूमिका देखाउनु भयो अनि बहुदलिय व्यवस्थामा प्रतिस्पर्धाको आधारमा कसरी निष्पक्ष निर्वाचन गर्ने भनेर उहाँबाट सिक्नुपर्ने भन्नुभयो अनि अहिंसात्मक आन्दोलन बाट प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र संकल्प भएका नेता भनि पढाउनुभयो तर बल्ल आज थाहा भयो तपाइका नेताले भोट नदिनेलाई जिउँदै ईट्टा भट्टामा पोल्ने रहेछन् । सन्त नेताको तपाईं अनुयायीहरु समाजका महन्त अनि कुबेर भन्दापनि बढी धन कमाउनु भएको रहेछ ।
हामीलाई नेता पुष्पलालको विचार, जननेता मदन भण्डारीको दर्शन अनि सादगी नेता मनमोहन अधिकारीको जिबनी पढ्न भनियो अनि त्यतिले भएन भनेर माक्र्स र लेलिनका बारेमा टिप्सहरु खान्कीमा अचार दिए जस्तै गरी थपि दिनुभयो । हामीपनि टाउँकोमा लाल कफिन बाँधेरे श्रमिकले बोक्ने हसिया र हथौडाको झण्डा बोकी पछि लाग्यौं तर बल्ल आज थाहा भयो पुष्पलालका छोरा आफै नेताले बाबुको नाम बेचेर अहिले दाम कमाउने व्यापार जस्तो राजनैतिक पार्टी भएको मा चिन्तित हुनुहुँदोरहेछ । मदन भण्डारीको हत्या भएको दासढुंगा सायद टाढा भएर होला काठमाडौंको तिनकुने मै रहेको मदन बाटिकाको साइकल हेर्न करोडौंका गाडी कुडाउदै गाडीका लावालस्कर लाग्दा रहेछन् । समकालीन नेताका सच्चा श्रमिक नेता त पार्टी कार्यालयमानै आत्महत्या गरेका रहेछन अनि चतुरहरु बाल्कोट, कोटेश्वर र डल्लुमा आलिसान दरबारकां शयनकक्षहरुमा तीनै नेताको फोटो राखी अझैपनि श्रमिक कै भजन गाउनु पर्छ भन्दारहेछन् । राजा हैन जनताको सेवक हुनुपर्छ भन्ने मदन भण्डारीका अनुयायीहरू त्यही राजा बन्ने महत्वकांक्षाले सार्वभौम संसद दुई दुई चोटी विघटन गरिदिएछन् अनि त्यसमा लालमोहर लगाइदिने चाहिँ संयोगवश उहाँकै जीवन संगिनीले । मनमोहन अधिकारी भन्नुहुन्थ्यो जलश्रोतको धनी देश ऊर्जा बेचेरै देशलाई धनी बनाउनुपर्दछ तर उहाँहरुका अनुयायीहरुले खोक्रो राष्ट्रवाद अनि राजनीतिका नाममा जलस्रोतका ठूला आयोजना कहिल्यै बन्न दिएनन् अनि पछि आएर पनि यिनको सरकार भइन्जेल कुलमान घिसिङ्गलाई जगेडामै थन्काई दिए ।
पछि आएर हामीलाई स्वदेशी होइन बिदेशी माओत्सेतुङ्ग जस्तो क्रान्तिकारी बन्नुपर्छ भनियो । हाम्रो सत्ता आएपछि शोषक सामन्तीको सम्पत्ती सबैे गरिबहरुलाई बाँडिन्छ अनि देशमा जनबादी शिक्षा लागू गरी सबै जाना रोजगार हुन्छन् भनियो । हामी पनि ज्यानको बाजी राखेर शोषक सामन्ती कुट्न लागियो । उनको सम्पत्ति अनि बैंक लुट्न लागियो । आफ्नो ज्यानभन्दा बढी जोगाएर लुटेको सबै धन माथि बुझाइयो तर बल्ल थाहा भयो हिजो हामीले कुटेका भनिएकाहरु आज हाम्रै नेताका अति घनिष्ट साथी अनि घरबेटी र व्यापारिक साझेदार भैसकेका रहेछन् र लुटिएको रकमले नपुगेर क्यान्टोनमेन्टको हिसाब पनि फछर््यौट भैसकेछ । सरकारमा आएको १५ वर्षमा ७—८ बर्ष त माओवादीकै शिक्षा मन्त्री बन्नुभएको रहेछ तर अझैपनि जनवादी शिक्षाको पाठ्यक्रम बनाउन नत पेरिसडाँडामा नत शिक्षा मन्त्रालयमा बैठकनंै बसेको रहेछ । किनकि उहाँहरुका छोराछोरीलाई स्वदेशका महङ्गो स्कूल र कलेजहरुमा व्यापारीले तथा विदेशमा दूतावासहरुले पहिले नै छात्रवृत्ति कोटामा भर्ना गरि दिई सक्ने रहेछन् ।
हामीलाई आजसम्म पहाडियाले शासन गर्यो । हामीलाई मधेशी भनेर हेपियो भनि तिनका विरुद्ध लाठा लिएर भाटा कारबाही गर्न लगाइयो तर आज बल्ल थाहा भयो काठमाडौ बस्ने धेरैजसो हाम्रा मधेसी नेता त तिनै पहाडीयाको ज्वाइँ बनिसक्नुभएको रहेछ । उहाँहरुलाई भाग थोरै हुँदा सीमापारिको खाएर वारि तिर ढुंगा बर्साउन लगाउनु भएको रहेछ । भारतले नाकाबन्दी लगाउँदा हामीले अवरोध गरेको हो काठमाडौंले नसुनेर भन्नुभयो । बिहारका मुख्यमन्त्रीका अगाडी विन्ति विसाएकोे फोटो देखेपछि आँखा अगाडि पर्दा खुले जस्तै भए । कुनैबेला भारतका मन्त्रीले हाम्रा जनता नेपालको तराईमा करिब डेढ करोड बस्छन् भनी तिनको सुरक्षा मागेपछि बल्ला छर्लङ्ग भयो अनि थाहा भयो हामी तराइका सीमा रक्षक हरुलाई त केवल भ्रमित गराएर नेपाली नेपालीबीच द्वन्द गराई फाटो ल्याउन खोजिएको रहेछ ।
हामीलाई पुन राजसंस्था र हिन्दुराष्ट्र चाहिन्छ भनेर बोलबम लगाउँदै गोलबंदी गरियो । हो हो भन्दै वृद्धवृद्धाहरु गौमाता सम्झेर पछि लाग्नु भयो पछि बल्ल थाहा भयो राजतन्त्रको वकालतकर्ता नेतानै गणतन्त्रको भेषमा मन्त्री बने अनि जेष्ठनागरिक कै आन्दोलनमा पानीको फोहोरा र लाठी बर्साउनु भयो बल्ल आज थाहा भयो उनि त नक्कली राजावादी रहेछन् ।
अब बन्द गर कांग्रेसहरु वि.पि. जस्तो दूरदर्शी अनि महापुरुषको र कृष्णप्रसाद भट्टराई जस्तो सन्त नेताको नाम बेचेर तिमीहरु जस्ता गद्दार नेताका लागि भोट माग्न .र गणेशमान जस्तो त्यागी नेताको ट्याग लगाएर परिवार बादमैँ सीमित हुने राजनीतिको ।.अनि बन्द गर एमालेहरुहो मदन भण्डारी जस्तो राजनेता अनि मनमोहन जस्तो सादगी नेताहरूको भजन गाएर कम्युनिष्ट पार्टीको खोल ओडी कमाउने धन्दा गर्न । स्वर्गिय मदन भण्डारीको विचार , दर्शन अनि भिजन सुन्दा र देख्दा कुन सच्चा नेपालीको छाती ढक्क फुुल्दैन? तर आज उनकै श्रीमति दुई दुई पटक देशको राष्ट्रपति अनि पार्टीले पनि कयौँे पटक प्रधानमन्त्री र गृहमन्त्री सम्हाल्दा उनको हत्याको छानबिन गर्न कुन तहको युद्धस्तरमा लाग्नुभयो? कति आयोग बने? कति धर्ना बस्नु भयो ? कतिपटक संसद अवरुद्ध गर्नुभयो मदन–आश्रित दुर्घटनाको छानविनका लागि ? कतिपटक हामी यहाँ छौं भनेर माइतीघर मण्डलामा धर्ना दिनुभयो ? हत्यारा पत्ता लगाउनका लागि कहाँ के कति दबाब दिनुभयो ? सत्यतथ्य पत्ता लगाउन जिउँदो प्रमाण अमरलामा भइन्जेल पनि केही नाप्नु भएन पछि त उनी समेत मेटिए अनि अलिकति पनि लाज लाग्दैन तीनै नेताको नाममा भोट माग्न ? नेता भनेको जनताको सेवक हुनुपर्दछ र जनताको सित्तैमा केही पनि लिनु हुँदैन भन्ने माओसेत्तुङ्ग आजको आधुनिक चीनका प्रणेता भए र आज त्यही चीन मात्र डेढ दशकमै विश्वको शक्तिशाली देश उन्मुख वढीरहेकोे छ । तिमीहरू भने तिनै माओवादीको दर्शन बेचेर खाओवादी नेता बनिरहेका छौ । कहिल्यै सम्झिएका छौं देशलाई समृद्ध मा लैजान्छौं भनी देशकालागि आहुति दिएका ति शहीदहरुलाई गरेका वाचा । कति परिवर्तन गर्न सकियो जनयुद्धताका आश्रय लिएका ति झुपडीहरुमा .। हो व्यवस्था परिवर्तन ग¥र्यौं तर अवस्था परिवर्तन भएन । नेता परिवर्तन ग¥र्यो बिचार परिवर्तन भएन । करिब १७ हजार जनताले बलिदान दिएर ल्याएको माओवादी जनयुद्धको परिणामले देशमा कम्तीमा पनि आधुनिक सिंगापुरका प्रणेता लि काव्न यु ९ ीभभ प्गबल थ्भध ० तथा कुनैबेला हामी समानको मलेसियालाई आज विकसित राष्ट्र बनाउन सक्ने त्यहाँका विकासवादी नेता महाथिर मोहमद जस्ता राजनेता पाएको भए कम्तीमा पनि ति आत्मा हरुलाई सन्तुष्टि मिल्थ्यो होला तर प्रचण्ड र बाबुरामबाट देशले त्यो पाएन.। पहिलाका नेताहरु जात र धर्मका नाममा राजनीति गर्नु हुन्न भन्नु हुन्थ्यो । सनातन धर्म आस्थाको धरोहर हो भन्नुहुन्थ्यो बल्ल आज थाहा भयो तपाईहरु त जाति जाति बीच राज्यका लागि हामी हामी बीच आगो सल्काउन लगाउनु भएको रहेछ अनि धर्मका नाममा सत्तामा टिकिरहन विदेशीहरूसँग चुनाव खर्च उठाउनै का लागि चर्चहरु उद्घघाटनमै ब्यस्थ हुनुभएको रहेछ अनि पञ्चामृतलाई प्रतिस्थापन गरी होलीवाइनमा मस्त हुनुभएको रहेछ ।.
हो ती महान् नेताहरुले जेलनेल अनि निर्वासनमा बस्नुभयो अनि बदलामा आफ्नो भूगोल देश र जनताका खातिर एकजुट भएर लाग्नुपर्छ भन्ने दर्शन दिएर जानुभयो तर तपाईंहरुबाट भने विगतका दुख जेलनेल अनि यातनाका बदलामा भूगोल नै मिचिएपनि, महंगीले जनता थिचिएपनि, नाकाबन्दीले इज्जत लुटिएपनि, सिमानामा नेपाली कुटिए पनि दश पुस्तालाई पुग्ने सम्पत्ति जोड्नमैं लाग्नुभयो भलै त्यसको पनि सुरक्षा स्वदेशमा नदेखेर होला स्वीस बैंकमा मौज्दात बढाउँदै जानु भयो । समाजमा पनि गाउँघरमा ५०—५५ लागेपछि बुबा—आमा हरुले पनि छोराबुहारीहरुलाई अब तिमीहरू गर भनेर छुट्टाई दिन्छन् र उनीहरुलाई अर्ति उपदेश र मार्गदर्शन मात्र दिन्छन् । नेपाल सरकारले पनि कर्मचारीहरुलाई ६०—६५ कटेपछि कामबाट अवकाश दिँदै युवाहरूलाई नयाँ नेतृत्व दिने कानुनी प्रावधान छ । यदि अझै पनि पार्टी भित्रका तपाईंहरूका हनुमान रुपी अवतार नलिएका ईमान्दार, सक्षम र विषयगत बौद्धिक ज्ञान भएका युवालाई नेतृत्वमा नल्याएर कयौंपटक परीक्षण भैसकी फेल भएका नेताहरुले देशको बागडोर समात्न बालुवाटार बस्ने सोच त्याग्नु हुन्न भने अब आम युवाले नै पार्टी भित्रै बिद्रोह गर्नेछन् र तिमीहरुलाई बालुवाटारमै वृद्धाश्रम र आर्यघाट बनाईदिनेछन् अनि देश युवाहरुले हाँक्ने छन् ।
नेताज्यूहरु हामिलाई भन्नुहोस आज देश कता गई राखेको छ ? त्यत्रा सार्वजनिक संस्थानहरु कौडीको मूल्यमा किन वेचिए ? देशमा तिम्रो मिलेमतोमा लाउडा काण्ड, एनसेल काण्ड, ३३ के.जी. सुन काण्ड, बालुवाटार काण्ड, ओम्नी काण्ड, येती ग्रुप काण्ड, पशुपतीको सुन काण्ड, निर्मला पन्तको तैँ चुप मैँ चुप काण्ड देखि एम.सि.सि. ःऋऋ काण्ड सबै देखियो । २०६२—२०६३ पछिका गाउँ गाउँका छोटे राजा, रानीहरुको काण्ड पनि देखियो । एक विदेशी विद्धानले भनेका थिए कुनै पनि देशलाई बर्बाद गर्नु छ भने त्यो देशको शिक्षा अस्थिर गराई दिनु भनेका थिए । आज मुलुककै ठूलो आम विद्यार्थीको पहुँच भएको त्रिभुवन विश्व विद्यालय ३ वर्षमा ३०० दिन ताला बन्दी लागेको छ त्यो त्यही भाग वन्डाको राजनीति काण्डले हो । हाल आएर तँपाईहरुले राजनैतिक दलमा वंशवादमा लैजाने प्रवृति देखाईरहनुभएको छ ।हामीलाई अति भयो, सयौं कुपुत्र हुनुभन्दा एक सुपुत्र हुनु बेस भन्ने कुरा आधुनिक सिंगापुरका राष्ट्र पिता लि काव्न यु र आर्थिक क्रान्ति गर्न सफल मलेसियाका प्रधानमन्त्री महाथिर मोहमद, विश्व शक्ति राष्ट्र बनाउ सक्ने चाइनाका राष्ट्रपति सी जिनपिङ अनि बिकास र सुशासन एकै साथ लान सक्ने भारतका केजरीवाल बाट देखि सकियो । हाम्रोमा पनि जनता अब बुझ्ने भैसके त्यही भएर स्थानीय चुनावमा हर्क साम्पाङ र बालेन शाहलाइ जिताई दिए तिमीहरु अझै यिनलाई असफल बनाउन रातदिन फोहरको राजनीतिमा लागेको छौं। आज १०० दिन नपुग्दै हर्क साम्पाङ्गले धरानमा पानी ल्याए र अन्य सुशासनका थिती बसालिसके अनि बालेनले काठमाण्डौंका अतिक्रमित संरचना हटाउने अभियान गरे । काठमाण्डौं भनेको बालेनको हो जस्तो गरी बञ्चरे डाडामा पार्टीहरु मिलेर प्रतिकार समितीको मोर्चाबन्दी गरे । बालेन विरुद्ध यता जनविरोध उठ्छ भन्थान्नु भयो तर जनताले यो कुरा बुझिसके अब । आखिर त्यही फोहरको राजनीतिले आज काठमाण्डौंमा डेंगु र भाइरल रोगले महामारी बनायो ।
यो सब कुहेको दिमागले कुहेकै उकलेको हो । फूलको आँखामा फुलै सन्सार भने जस्तै गरि हामीले देखेकै छौं नेताज्यूहरु यदि सुपुत्र नै हुन्थे भने नेपाल आमाको अङ्ग कालापानी र लिम्पियाधुरा नक्साबाट गायब हुँदा किन तिम्रो मन रुदैन ? किन आजसम्म हाम्रो भूमि फिर्ता ल्याउन सकेनौं ? किन कोशी, टनकपुर र महाकाली बेचिएसरि सम्झौता गर्दा किन तिम्रो गला सुक्दैन ? विदेशीको इसारामा देशले धान्नै नसक्ने संघीयता लादेर आज देश कंगाल भैसक्यो अब सबै जम्बो भिआईपी पाल्न विदेशीको सरणमा पुग्नु भयो र डलर पाइयो भन्दैमा देशलाई क्रीडास्थल बनाउने शक्ति राष्ट्रहरुलाई रातो कार्पेट लगाइ सक्यौं । आँटे के हुँदैन पहिलो संविधानसभालाई भारतकै इसारामा भङ्ग गरेर धन्नै धन्नै लेण्डुप दोर्जे भएका डाक्टर बाबुराम भट्टराईले गरेका कयौँ गल्ती उनले गरेको महान कार्य काठमाडौंमा मिचिएका बाटोहरु ठूलो बनाएर देशको राजधानी को नाक सदाका लागि ठाडो बनाइदिए । यसअघि कसैले गर्न नसकेको सार्वजनिक स्थलहरु हत्याएका माफियाहरु , मापदण्ड मिचेर भवन बनाएका, सरकारी जग्गा र पार्क भाडामा लिएर भाडा नतिर्ने लाई छोटो समयमै बालन शाहले ठेगाना लगाईदिसके ।
यो चेतावनी तपाईंहरुका लागि सुध्रिने अन्तिम मौका हुनेछ । नेताज्यूहरु, अब त अति भयो मति नसुध्रिए खती हुनेबेला भयो । विगतमा पनि शीर्ष नेताहरुलाई आजित जनताहरुले गालामा झापड हानेकै थिए अहिले त्यसको शैली बदलेको छ र मतदानको बाकसमा झापड हानेर दलहरुका बुडा नेता अनि युवारुपि हनुमानहरुलाई भोटको झापड हानेर हराई दिनेछन् या त अति भएपछि खती हुन्छ भने जस्तो विगतको जस्तो कोतपर्व नहोस यो कामना छ । त्योभन्दा अघि नै शीर्ष नेताहरूको सद्बुद्धि पलाओस् र देश विदेशमा रहेर पनि अंधभक्त भई तपाईहरुका पक्षको लाग्न एकोहोरो भएका जनतालाई अब निन्द्राबाट घन्टीले बिउझाउने छ र स्वतन्त्र रुपी लौरोले तपाईंहरूको टाउकोमा बज्रपात गर्नेछ । हरेक राजनैतिक दल भित्रका बालेन शाहहरुले अव बाहरु र बाहरुका हनुमानहरु भलै उमेर युवा जस्तै देखिने होला । तिनिहरुलाई बालेन शाहले डोजरले अतिक्रमित संरचना हटाए जसरी पार्टीबाट हट्याएर मार्ग प्रशस्त गरि देखाइदिने छन् । अब दलहरु भित्रका युवा नेता पनि कित सच्चिने कित सक्किने दुई मा एक विकल्प छ । अब जेल जीवनमा गाँजीएका भन्दा पनि विचार र दर्सनले माझँीएका पुराना असल नेताहरु अभिभावकीय भुमिकामा बसेर सक्षम र हरेक विषयका विज्ञ युवालाई राज्य सत्ता हस्तान्तरण गर्न अव ढिला भैसक्यो ।
यतिपनि गरेनन् भने अब यि स्वार्थी नेतादेखि आजित भइसकेका सच्चा नेपाली छोराछोरीहरुले यिनलाई पनि श्रीलंकाका प्रधानमन्त्री र राष्ट्रपतिहरुलाई जस्तै गरी धुलिसात पार्नेछन् । तसर्थ सत्तापक्ष र विपक्ष अनि स्वतन्त्र जे भएपनि विकास अनि राष्ट्रियताका सवालमा एकजुट भई हाम्रै पालामा समृद्ध देश सुखी नेपाल देखेर स्वर्गवास हुने चाहना पूरा गर्नेछन् ।
बेलैमा चेतना भया !!!
शंकर पाण्डे “मुक्ति”