नेप्से सूचक १६.०६ अंकले घट्यो-Sutra News

नेप्से सूचक १६.०६ अंकले घट्यो

मंगलबार, २५ असोज २०७९

मंगलबार, २५ असोज २०७९

काठमाडौं – सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा आएको छ ।



५५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दसैं अघिदेखि नै सकारात्मक बनेको बजार दसैंपछिको पहिलो कारोबारमा थप सुधार भएको थियो । आज २२९ कम्पनीको १७ लाख ६८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

ट्रेडिङ, होटल र लगानी समूहका सूचकहरुमा सुधार भएको छ भने बाँकी समूहका सूचक घटेका छन् । ३ करोड १० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्याेरेन्स र हिमालयन पावर पार्टनर परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट