घट्यो खानेपानीको मुल्य, १ लिटरको बोत्तल र एक जारको मूल्य कति ?-Sutra News

घट्यो खानेपानीको मुल्य, १ लिटरको बोत्तल र एक जारको मूल्य कति ?

बुधबार, २६ असोज २०७९

बुधबार, २६ असोज २०७९

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीको मूल्यको नयाँ मूल्य निर्धारण गरेको छ । विभागले प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदनको आधारमा खानेपानीको मूल्य निर्धारण गरेको हो ।



अब काठमाडौं उपत्यकाभित्र १ लिटरको बोत्तलको पानी १६ रुपैयाँ लिन पाइने विभागले जनाएको छ । यस्तै २० लिटरको जारको पानी ४७ रुपैयाँभन्दा बढीमा बिक्रि गर्न नपाइने विभागले सूचनामा जनाएको छ । यदि खानेपानीको बढी मूल्य लिएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट