विश्व इतिहासमा आज-Sutra News

विश्व इतिहासमा आज

शुक्रबार, २८ असोज २०७९

शुक्रबार, २८ असोज २०७९

आज १४ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः



इजरेल र प्यालेस्टिनी नेतालाई नोबेल शान्ति पुरस्कार

सन् १९९४ मा नर्वेको नोबेल कमिटीले इजरेलका दुई जना र एक प्यालेस्टिनीलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरेको थियो । इजरेली प्रधानमन्त्री इत्ज्याक रबिन र विदेश मन्त्री सिमोन पेरेज तथा प्यालेस्टिनी नेता यासेर अराफातलाई संयुक्त रूपमा सो पुरस्कार प्रदान गरिएको थियो । इजरेल र प्यालेस्टेनबीचको युद्ध अन्त्य गर्न उनीहरुले गरेको पहलस्वरुप सो पुरस्कार प्रदान गरिएको थियो ।

बेलुनमा उडेर आन्द्र महासागर

सन् १८९४ मा अमेरिकी वायु सेनाका सदस्य जोसेप किटिंगर बेलुनमा उडेर आन्द्र महासागरको यात्रा सुरु गरेका थिए । चार दिनपछि उनी आन्द्र महासागर पार गरेका थिए । उनी चढेको बेलुनलाई ‘बेलुन अफ पिस’ नाम दिइएको छ ।

आवाजभन्दा चाँडो उड्ने पहिलो चालक

सन् १९४७ मा अमेरिकी वायु फौज चालक चुक यिगरले ४५ हजार फिटको उचाइमा बेल एक्स–१ विमान तीब्र गतिमा उडाएका थिए । उनको विमान आवाजभन्दा चाँडो उडेको थियो ।

खानी दुर्घटनामा ४४० बेलायतीको मृत्यु

सन् १९१३ मा बेलायतको वेल्सस्ति सेंगहेनयादमा एउटा खानीभित्र बिस्फोट हुँदा ४४० बेलायतीको मृत्यु भएको थियो । सो बिस्फोट बेलायतको इतिहासमै डरलाग्दा दुर्घटनाहरूमध्येको एक हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट