एजेन्सी – सन् २०१७ मा रिलिज फिल्म ‘जब हेरी मेट सेजल’ शाहरुख खान र अनुष्का शर्माको फ्लप फिल्ममध्ये एक हो । ८० करोडमा बनेको यो फिल्मले बक्सअफिसबाट केवल ६४ करोड मात्र फिर्ता पायो ।
इम्तियाज अलीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा चन्दन रोय सान्याल, एवलीन शर्मा र अरुष वर्माको पनि अभिनय थियो । अभिनेता शाहरुखले यो फिल्मको नाम जुराउनेका लागि पुरस्कारको व्यवस्था गरेका थिए ।
यहीबेला एकदिन रणवीर कपूरले शाहरुखलाई बिहानै फोन गरेर फिल्मको नाम ‘जब हेरी मेट सेजल’ राख्न सुझाएका थिए । किनकी फिल्मको नाम के राख्ने भनेर शाहरुखदेखि फिल्मका सबै सदस्य अन्योलमा थिए । यसअघि फिल्मको नाम ‘द रिंग’ राखिएको थियो । त्यसपछि ‘रहनुमा’ राखियो । तर कसैलाई नाम मन परेको थिएन । त्यसपछि शाहरुखले कसैले उत्कृष्ट नाम सिफारिस गरेमा ५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे ।
तर, रणवीरले यो नाम जुराएपछि त्यो पैसा चाहिँ लिएनन् । उनले जुराएको नाम सबैले मन पराए । यो फिल्मको नाम सन् १९८९ मा रिलिज हलिउड फिल्म ‘ह्वेन हेरी मेट सेली’ बाट प्रभावित थियो ।
रणवीरलाई यो फिल्ममा अभिनयका लागि प्रस्ताव गरिएको थियो, तर उनले अस्वीकार गरे । त्यसपछि इम्तियाजले शाहरुखलाई आफ्नो फिल्ममा लिए ।