सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन बिदा दिने-Sutra News

सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन बिदा दिने

आइतबार, ३० असोज २०७९

आइतबार, ३० असोज २०७९

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन बिदा दिने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा जोशीको निधनमा सरकारले एक दिन विदा दिने बताए ।



उनले बिदाको आधिकारिक सूचना सरकारी माध्यमबाट दिइने पनि बताए ।

पुरातत्वविद् जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट