काठमाडौं । चर्चित लोकगायक राजु परियारलाई पितृ शोक परेको छ । उनका ७२ वर्षका बाबुको आइतबार निधन भएको छ । ३–४ वर्षयता फोक्सोसम्बन्धी समस्याबाट पीडित उनको बुबाको आइतबार उपचारको क्रममा निधन भएको हो । लमजुङको बेंसीशहर नगरपालिका–२, चिसापानी घर भएपनि पछिल्लो समय परियार चितवन भीमनगर बस्दै आएका छन् ।
बाबुको निधन भएसँगै गायक राजुले यस विषयमा जानकारी दिँएका छन् । उनले भनेका छन् ‘बुवा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो । दसँैको टिका लगाउँदा भन्नुभाथ्यो । अर्को सालको दसैं म नहुन पनि सक्छु भनेर ! ।
सायद हजुरलाई थाहा थियो होला यी कुरा तर मलाइ भन्नुभएन किन रु जे होस् मेरो बुवाको जेठो छोरा म । मेरो बुवाको अधुरा सपनाहरु सकेसम्म पुरा गर्नेछु । म बाट सदाका लागि बुवा भन्ने शब्दले बिदा माग्यो १ आत्माको चिर शान्तिको कामना बुवा हजुर ! मरन सत्य छ, तर मसँग झझल्को र आँसु बाहेक केहि छैन बुवा ।’