कुन क्षेत्रका उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन् ? हेर्नुहोस्-Sutra News

कुन क्षेत्रका उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन् ? हेर्नुहोस्

मंगलबार, १ कार्तिक २०७९

मंगलबार, १ कार्तिक २०७९

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । सबै राजनीतिक दलहरु अहिले प्रचारप्रसारमा लागेका छन् । निर्वाचन आयोगले निर्वाचन हुने १७ दिन अगाडिपछि राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने बताइसकेको छ ।



सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन् ।

निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादितरुपमा प्रचारप्रसार गराउन आयोगले राजनीतिक दलको छलफलका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा यस्तो व्यवस्था गरेको हो ।

आयोगले कडाइँका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सबै जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख) लाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (२) मा सो दफाको उपदफा (१) को खण्ड (ज) विपरीत कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राखेमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने स्पष्ट व्यवस्था भएको स्मरण गराएको छ ।

यस्तै आयोगले निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण पनि गरेको छ ।

आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वटा आधारमा विभाजन गरी खर्चको सीमा निर्धारण गरेको छ । कुन क्षेत्रका उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन् तल तालिकामा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट