काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेतीका छोरा चलचित्रमा डेब्यु गर्ने भएका छन् । उनका छोरा अथर्व उप्रेती चलचित्र ‘नाईं नभन्नू ल ६’ बाट चलचित्रमा डेब्यु गर्न लागेका हुन् ।
अथर्वले चलचित्रमा बाल्यकालको भूमिका निभाउँनेछन् । यस्तै यस चलचित्रमा आँचल शर्माको पनि मुख्य भुमिका रहने भएको छ ।
विकासराज आचार्यको निर्देशनमा बन्ने यस चलचित्रको छायांकन बिहीबारबाट शुरु हुने बताइएको छ । यसअघिको नाईं नभन्नू ल को श्रृखंलामा बाल कलाकारको भूमिका अनुभव रेग्मीले निभाएका थिए ।