केदारनाथमा हेलिकोप्टर दुर्घटना : दुई पाइलटसहित ७ जनाको मृत्यु-Sutra News

केदारनाथमा हेलिकोप्टर दुर्घटना : दुई पाइलटसहित ७ जनाको मृत्यु

मंगलबार, १ कार्तिक २०७९

मंगलबार, १ कार्तिक २०७९

काठमाडौं । भारतको केदारनाथ धाममा हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । आज दिउँसो  १२ बजे उत्तराखण्डस्थित केदारनाथ नजिक दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना भएको हो ।



दुर्घटनामा दुई पाइलटसहित सात जनाको ज्यान गएको हो । आर्यन कम्पनीको हेलिकोप्टर केदारनाथभन्दा दुई किलोमिटर अगाडि गरुडछट्टीमा दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएलगत्तै उद्धारका लागि टोली पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट