रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त-Sutra News

रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त

बुधबार, २ कार्तिक २०७९

बुधबार, २ कार्तिक २०७९
(FILES) In this file photo taken on October 20, 2020 in Berlin, Arne Schoenbohm, President of the German Federal Office for Information Security (BSI) presents the Report on the State of IT Security in Germany. - Germany is planning to fire Arne Schoenbohm, the head of the BSI national cyber security agency, after reports he had contacts with Russian intelligence services, government sources told AFP on October 10, 2022. (Photo by Bernd von Jutrczenka / POOL / AFP)

जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ । अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई) को नेतृत्व गरेका थिए ।



जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन् ।

गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ । तर उनी तत्काल लागु हुने गरी सेवाबाट बर्खास्त गरेको पुष्टि गरेको छ ।
बीएसआईको नेतृत्व गर्नुअघि स्कोनबोमलले साइबर सुरक्षा मामिलाहरूमा व्यापार र नीति निर्माताहरूलाई सल्लाह दिने एक निजी संघ, साइबर सुरक्षा परिषद जर्मनी स्थापना र सञ्चालन गर्न मद्दत गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट