बेलायतकी गृृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन राजीनामा-Sutra News

बेलायतकी गृृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन राजीनामा

बिहिबार, ३ कार्तिक २०७९

बिहिबार, ३ कार्तिक २०७९

बेलायतका कट्टरपन्थी गृृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ ।



राजीनामा पत्रमा ब्रेभरम्यानले “नियमहरूको प्राविधिक उल्लङ्घन“ भएको स्वीकार गर्दै अगाडि भनिन्, ः “मैले गल्ती गरेको छु; म जिम्मेवारी स्वीकार गर्छुः म राजीनामा गर्छु।“

उनको राजीनामा ब्रेभरम्यानलाई दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्री बनाएको छ । क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट