एनआईसी एशियाको संचालकमा साधारण शेयरधनीबाट केशव लम्साल नियुक्त-Sutra News

एनआईसी एशियाको संचालकमा साधारण शेयरधनीबाट केशव लम्साल नियुक्त

बिहिबार, ३ कार्तिक २०७९

बिहिबार, ३ कार्तिक २०७९

एनआईसी एशिया बैकमा सर्वसाधारण शेयरधनी समूहबाट केशवप्रसाद लम्साल सञ्चालक नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका लम्साललाई सञ्चालक समितिको कात्तिक २ गते बसेको ५७१ औं बैंठकले सोही दिनदेखि लागू हुने गरी नियुक्ती गरेको हो ।



नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्ट्रेसन स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।

बैंकको शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा लम्साललाई उनको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवारले हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट