कार्यभार सम्हालेको ४५ दिनमा नै बेलायतकी प्रधानमन्त्रीद्वारा राजीनामा-Sutra News

कार्यभार सम्हालेको ४५ दिनमा नै बेलायतकी प्रधानमन्त्रीद्वारा राजीनामा

बिहिबार, ३ कार्तिक २०७९

बिहिबार, ३ कार्तिक २०७९

प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै बेलायतकी प्रधानमन्त्री लिज ट्रसलेले राजीनामाको घोषणा गरेकी छन् ।



बिहीवार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्।

पैँतालीस दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन्।

उनीपछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् जस्को सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए।

उनी त्यहाँको तेस्रो महिला प्रधानमन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट