काठमाडौं – हिमालयन रिइन्सुरेन्सको वार्षिक साधारणसभा शुक्रबार बस्दैछ । सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुदैछ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।