डलर अर्वपति विनोद चौधरीको ‘चुनावी चटक’-Sutra News

डलर अर्वपति विनोद चौधरीको ‘चुनावी चटक’

शुक्रबार, ४ कार्तिक २०७९

शुक्रबार, ४ कार्तिक २०७९

काठमाडौँ – लोकतन्त्रमा सबैभन्दा ठूलो जनमत हो । जनमत जनताले दिने हो । भनिन्छ, ‘लोकतन्त्रमा जनाता नै जनार्दन हुन् ।’ हो जनता शक्तिशाली छन् । जनताले चाहदा कोही व्यक्ति सत्ताको सिँढीबाट सिधैँ सडकमा आउँछ । सडकको मान्छे सत्तामा जान्छ । तर नेपालको सन्दर्भमा नेताहरूले सबैभन्दा बढी जनतालाई ढाँट र छल गरेका छन् । जनमतको अपमान गरेका छन् । यहाँ कोही व्यक्ति विगत तीस वर्षदेखि देश बनाउँछु भन्दै मत मागिरहेका छन् । देश बनाउने कहिले ?



अहिले फेरि निर्वाचन आएको छ । नेताहरू निर्वाचन महासंग्राममा गाउँगाउँ पुगेका छन् । घरदैलोमा पुगेका छन् । पाँच वर्ष सत्ताको वरिपरि हालीमुहाली गर्नेहरूले चुनावमा अनेकन चटक गर्छन् । नाटक र नौटंकी गर्छन् । अहिले उम्मेदवारहरू किसानका खेतमा धान काटिरहेका भेटिन्छन् । बारीमा काम गरिरहेका देखिन्छन् । पाँच वर्ष फोन गर्दा पनि नउठाने कतिपय उम्मेदवार अहिले घरदैलोमै पुगेर नमस्कारका नमस्कार ठोकिरहेका छन् । दुःख सुखमा साथ दिएको नाटक गरिरहेका छन् । गाउँ, नगर र शहर बनाउने बाचा गरिरहेका छन् ।

नेकपाका डलर अर्बपति विनोद चौधरीलाई अघिपछि कुनै सामान्य मान्छेले भेट्न खोज्दा पाउँला ? ‘देशभन्दा बढी विदेशमा र भुईँभन्दा बढी आकासमा उड्ने’ चौधरीलाई हरदम हरकोहीले भेट्न पाउने कुरै भएन । तर अहिले पाइन्छ । भेट्न सकिन्छ । उनलाई खोज्दै जानु पनि पर्दैन, उनी आफैँ आउँछन् भेट्न । जनताका घरदैलोमा पुगेर नमस्कारमा नमस्कार ठोकिरहेका छन् । उम्मेदवारले जनता÷मतदातालाई नमस्कार गर्नु अनौठो होइन । तर निर्वाचनमा मात्रै देखिने यस्ता दृष्य साच्चै नाटक मात्रै लाग्छ । उनकै फेसबुकमा पनि सकारात्मक भन्दा नकारात्मक कमेन्ट धेरै छन् ।
पश्चिम नवलपरासीमा जनमत बटुल्न उनले अनेकन हर्कत् गरिहेका छन् । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका उनी भनिरहका छन्, ‘म पनि तपाईंजस्तै साधारण जनता हुँ । लोकतन्त्रमा कोही सानो ठूलो हुँदैन ।’ घरि उनी किसानका घरमा भेटिन्छन् ।

केही दिनअघि उनी मोटरसाइकलमा पछाडि बसेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । उनी आफैँले पनि मोटरसाइकलको पछाडि बसेर हिँडिरहेको फोटो सामाजिक सञ्जालमा राखेका छन् । जहाँ उनले आफू हिजो र आज जनतामाझ रहेको उल्लेख गरेका छन् ।

यत्ति मात्रै होइन उनले जनताको घरमा खाना खाइरहेको फोटो पनि सार्वजनिक भएको छ । जसलाई पनि धेरैले नाटकको संज्ञा दिएका छन् ।
हुनत उनी लामो समयदेखि संसदीय राजनीतिमा छन् । २०७० सालको संविधान सभामा उनी सभाषद् थिए । नेकपा एमालेले उनलाई समानुपातिकबाट सांसद बनाएको थियो । संविधान निर्माणमा उनले के भूमिका खेले ? त्यो इतिहासमा मुल्यांकन होला ।
संविधान बनेपछि उनले दल बदले । डलर अर्बपतिलाई चौधरी २०७० सालमा कांग्रेसबाट समानुपातिक सांसद बने । विगत पाँच वर्षमा उनले संसद्मा कस्तो भूमिका खेले ? संसदीय रेकर्डमा संसद्मा कम उपस्थित हुने सांसदको सूचीमा उनको पनि नाम आउँछ ।

संसद्मा कम उपस्थित हुने सूचीमा परेका चौधरीले सत्ता र शक्तिमा भने राम्रो चलखेल गरेको आरोप लाग्यो । आर्थिक वर्ष २०७९÷८०को बजेट निर्माणका क्रममा चौधरी ग्रुपलाई फाइदा पुग्ने करका दर हेरफेर गरेको आरोप लाग्यो । जसलाई संस्दीय समितिले छानबिनको दायरामा राखेको थियो । छानबिनका दायरामा पर्ने चौधरी गु्रप पनि थियो । बजेटमा अथएमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्दै १०० किलोवाटभन्दा बढी क्षमताका सबै विद्युतीय सवारीमा अन्तःशुल्क लाग्ने बनाएका थिए। बजेटसँगै चौधरी गु्रपले नेटा भी कार नेपाली बजारमा भित्र्याएको थियो । यद्यपि कर्मकाण्डी छानबिन समितिले कुनै आरोप पुष्टि गर्न सकेन । आरोपित सबैलाई उन्मुक्ति दियो ।

प्रश्न उनले किन यसो गरिरहेका छन् भन्ने होइन । नेपाली राजनीतिमा यो एउटा प्रवृतिकै रुपमा देखा परेको छ । चुनावमा जनताको घरदैलोमै पुगेर अनेकथरि नाटक र चटक गर्नेहरू जितेपछि फर्किन्छन् ? आम मतदाताको एउटै जवाफ हुन्छ, एकाथबाहेक अह ! फर्किदैनन् ।

पटक पटक जितेर पनि फेरि घरदैलोमा पुगेकालाई जनताले फेरि किन चुन्ने ? पाँच, दश, पन्ध्र, बीस वर्ष चुनाव जितेकाहरू फेरि गाउँ, शहर बनाउने नारा बाँडिरहेका छन् । उनीहरूले विगतमा के गरे ? फेरि किन मत दिने ? मतदाताले सोच्ने बेला आएको छ । नत्र एक दिनको मतले फेरि पाँच वर्ष पछुतोबोहेक केही दिन्न ।

भिडियो पनि हेर्नुस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट