काठमाडौंमा राप्रपाकी कुन्तीदेवीको चर्चा, यस्ता छन् निर्वाचन क्षेत्र लक्षित योजनाहरू-Sutra News

काठमाडौंमा राप्रपाकी कुन्तीदेवीको चर्चा, यस्ता छन् निर्वाचन क्षेत्र लक्षित योजनाहरू

शुक्रबार, ४ कार्तिक २०७९

शुक्रबार, ४ कार्तिक २०७९

काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एमालेका उम्मेदवार प्रतिस्पर्धामा उत्रदैछन्।



राजनीतिमा नयाँ अनुहारको खोजी गरिरहेको काठमाडौंका विभिन्न चुनावी क्षेत्रमा उम्मेदवारका विषयमा चासो छ। यहि क्रममा मतदातालाई नयाँ अनुहार दिन राप्रपाले युवा उम्मेदवारलाई प्रोत्साहनसहित मैदानमा उतारेको छ। राप्रपाकी कुन्तीदेवी पोखरेल पनि अहिलेको चुनावमा नयाँ अनुहारका रुपमा चर्चामा छिन्। उनले काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएकी छन्। गएको स्थानीय तहको निर्वाचनमा काठमाडौंमा नयाँ अनुहार बालेन्द्र शाहले स्वतन्त्रबाट जितेका थिए।

अहिले काठमाडौंले हरेक चुनावमा नयाँ अनुहार खोज्नेृ क्रममा कुन्तीदेवीको पनि चर्चा चुलिएको हो। युवा भएकाले चुनाव प्रचारप्रसारका क्रममा आफ्नो पक्षमा मतदाता आकर्षित भएको उनको भनाई छ। राप्रपाकी केन्द्रीय सदस्य कुन्तीदेवी वरिष्ठ समाजसेवी, सफल व्यवसायी पनि हुन्। उनी गएको राप्रपाको महाधिवेशनबाट सार्वधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएपछि कुशल नेत्रीको लयमा छिन्।

समाजसेवा, व्यवसाय र राजनीतिलाई एकैसाथ अगाडि बढाएकी कुन्तीदेवी कोरोनाकालमा पनि काठमाडौंका निकै सक्रिय थिइन्। कोरोना कहरका बेला उनले उपत्यकालगायत देशका विभिन्न ठाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरणमा सक्रियता देखाएकी थिइन्।

उनले देशका विभिन्न ४० भन्दा बढी जिल्लामा पुगी दलित, उत्पीडित, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, विद्यार्थीहरुलाई निःशुल्क शिक्षा तथा छात्रवृद्धिको व्यवस्था, ‘तारामण्डल सशक्तिकरण अभियान’ नामक गैरसरकारी संस्थामार्फत काठमाडौं उपत्यकालगायतमा बेरोजगार महिलालाई अभिमुखिकरण तथा सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउन उनी सक्रिय रहेकी छिन्।

कपडा उद्योगबाट नेपाली पोसाकलाई विशेष जोड दिँदै आएकी उनले देशमा ब्याप्त बेरोजगारी समस्या समधान गर्ने उद्देश्यले झोला बनाउने उद्योग सञ्चालन पनि गरिन्। उक्त व्यवसायबाट प्राप्त आम्दानीको ५ प्रतिशत उनले समाज सेवामा लगाएकी छिन्।
आफ्नो निर्वाचन क्षेत्रमा राजधानीवासी भन्दा पनि बाहिरका नेताले जितेको तर विकासका काम फिटिक्कै नगरेपछि चुनावी प्रतिस्पर्धा कुन्तीदेवीले रोजिन्। विकाससहित नीतिगत तहमा पनि सुधार गर्नुपर्ने उनको लक्ष्य रहेको छ। त्यसैले उनी भन्छिन्,‘भ्रष्टचारी, बलात्कारी, दशेद्रोही र मानव बेचविखनका अपराधीहरुलाई मत्युदण्डको सजायसम्मको कानुनका लागि पहल गर्नेछु।’

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, स्थानीयतहलाई सुढृढ गर्दै संघीयता खारेजी गर्न जोड दिएकी छन्। सनातन धर्म र मौलिक संस्कृतिको रक्षाका लागि कानून निर्माण गर्ने ठाउँमा सशक्त आवाज उठाउने उनको लक्ष्य छ।
राजनीति र नीतिनिर्माण तहमा सशक्त युवा हस्तक्षेप गर्ने उनी बताउँछिन् । रोजगाारी सृजना, युवा पलायन रोक्ने, भ्रष्टचार न्यनिकरण र उन्मुलन गर्न कडा कानून निर्माण कुन्तीदेवीको अनिवार्य सर्त हुन्।

काठमाडौं २ मा रहेक ऐतिहासिक धरोहर, मठ मन्दिर, पुरातात्विक महत्वका सम्पदा पाटी तथा पौवाको संरक्षण र संम्बद्र्धनमा उनको जोड छ। ऐतिहासिक नेवाः समुदायको संस्कृति, नेवाः सम्पदा, गुठिको संरक्षण र सम्वद्र्धन गर्न उच्च राजनैतिक पहल र संसदमा शसक्त आवाज उठाउन पछि नपर्ने उनले बताइन्।

स्थानीयस्तरका विकासका आयोजनहरुमा केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी तिब्र गति दिनुपर्ने अनिवार्यतालाई उनले हेक्का राखेकी छन्। काठमाडांै क्षेत्र नं २ का साँखु, जोरपाटी सडक खण्ड र अन्य विकासका आयेजनाहरु चाँडो भन्दा चाँडो निर्माण सम्पन्नमा जनप्रतिनिधिका रुपमा पहलकदमी कुन्तीदेवीको लक्ष्य हो।

साँखु सो क्षेत्रको नेवाः समूदायको संस्कृति संरक्षणका लागि नेवाः ग्यालरी निर्माण, काोटेश्व, सिनामंगल, जटिबुटि, पेप्सकिोला, गोठाटार, थली, मुलपानी र साखु बजारलगायत शहरी क्षेत्रमा भित्रि सडक, ढल, ट्राफिकको समस्या र अव्यवस्थित आवासको समस्या समाधान गर्न काठमाडौं महानगरपालिका र अन्य सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी उचित पहल गरी व्यवस्थित सहजीकरमा जोड दिने कुन्तीदेवीको भनाई छ।

साँखुका भित्रि बस्तीहरुमा व्यावसयिक कृषि, विभिन्न सीपमुलक तालिमहरु, फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, खेल मैदन स्तारेन्नती, लगायतको कार्यहरु स्थानीय निकाय र संघीय सरकारसग समन्वय गरी प्रभावकारी रुपमा संचालन गर्ने बताइन्।

मतदाताहरुको गुनासो सुवाइको लागि सुझावहरु लिन सम्पर्क कार्यालय स्थाापना गरिने र प्रत्येक महिना गुनासोहरु सम्बोधन गरिने उनले बताइन्। निःशुल्क गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व सरकारको हुनुपर्छ भन्ने आजाव स्थापित गर्न नीतिनिर्माण तहमा जोडदार पहल गर्ने कुन्तीदेवीको योजना छ। जेष्ठ नागरिकलाई स्थानीय निकायबाट घर-घरमै पुगेर स्वाास्थ्य सेवाउपलब्ध गराउन पहल गर्ने बताइन् ।

यस क्षेत्रमा उनीबाहेक सत्ता गठबन्धनबाट ओनसरी घर्ती र एमालेबाट मणिराम फुयाँल छन्।

भिडियो अन्तर्वार्ता पनि हेर्नुस् –

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट