हिरासतमै हुन सक्छ सन्दिप लामिछानेको तिहार, अभियोगपत्र अदालतमा पेस गरिँदै-Sutra News

हिरासतमै हुन सक्छ सन्दिप लामिछानेको तिहार, अभियोगपत्र अदालतमा पेस गरिँदै

आइतबार, ६ कार्तिक २०७९

आइतबार, ६ कार्तिक २०७९

काठमाडौं– क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको नाबालिग बलात्कारविरुद्धको अनुसन्धान प्रतिवेदन बुझेको सरकारी वकिलको कार्यालयले अभियोगपत्र अदालतमा बुझाउने तयारी गरेको छ।



जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोगपत्र अदालतमा पेस गरे पनि त्यसउपरको सुनुवाई तिहारपछि मात्र हुनसक्ने बताइन्छ। यसको हुँदा सन्दिप धरौटिमा छुट्ने सम्भावना कम हुँदा तिहारभरी प्रहरी हिरासतमा बस्नुपर्ने हुन्छ।

एक किशोरीले सन्दिपविरुद्ध उजुरी दिएकी थिइन्। प्रहरीले पछिल्लो पटक चार दिन म्याद थप गरी अनुसन्धान सकेको हो। शुक्रबार उक्त अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट