काठमाडौँ उपत्यकाको सुरक्षा मजबुत पारिएको छः प्रजिअ उपाध्याय-Sutra News

काठमाडौँ उपत्यकाको सुरक्षा मजबुत पारिएको छः प्रजिअ उपाध्याय

मंगलबार, ८ कार्तिक २०७९

मंगलबार, ८ कार्तिक २०७९

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ ।



चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले जानकारी दिनुभयो । उहाँले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको बताउनुभयो ।

प्रजिअ उपाध्यायले भन्नुभयो,“कुनैपनि विपद्जन्य घटना केही पनि छैन, उच्च सुरक्षा सतर्कतासहित चाडपर्व सुरक्षा योजना कार्यान्वयन भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट