के तपाईलाई ऋषि सुनकको सम्पतिको कुनै अनुमान छ?-Sutra News

के तपाईलाई ऋषि सुनकको सम्पतिको कुनै अनुमान छ?

मंगलबार, ८ कार्तिक २०७९

मंगलबार, ८ कार्तिक २०७९

ऋषि सुनक बेलायतको प्रधानमन्त्री हुने पहिलो एसियाली मुलका व्यक्ति हुन् । उनी बेलायतका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन्, उनको सम्पत्ति धेरै प्रसिद्ध व्यक्तित्वभन्दा बढी छ।



ऋषि सुनकको सम्पत्ति यस तथ्यबाट पनि अनुमान लगाउन सकिन्छ कि उनी बेलायतका सबैभन्दा धनी फुटबल खेलाडीभन्दा करिब १० गुणा धनी छन् ।

सन् २०२२ को सन्डे टाइम्सले सार्वजनिक गरेको सूचीमा फुटबल खेलाडी पल पोग्बा सबैभन्दा धनी फुटबलर हुन्। उनको सम्पत्ति करिब ७७ मिलियन पाउण्ड रहेको बताइएको छ ।

सुनककी पत्नी अक्षता मूर्ति पनि बेलायतका धनी महिलाको सूचीमा परेकी छन् । उनी भारतका प्रसिद्ध उद्योगपति र इन्फोसिस कम्पनीका संस्थापक एनआर नारायण मूर्तिकी छोरी हुन्। सुनकले सन् २००९ मा अक्षतासँग विवाह गरेका थिए ।

सुनकले क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए गरेका छन्। यहीं उनको भेट अक्षतासँग भयो । ‘द सन्डे टाइम्स’ मा प्रकाशित सूची अनुसार ऋषि सुनक र उनकी श्रीमती अक्षता मूर्ति सन् २०२२ मा बेलायतका २५० धनी व्यक्तिको सूचीमा परेका छन् ।

द सन्डे टाइम्स पत्रिकाको सूचीमा उद्योगपति गोपीचन्द हिन्दुजाको परिवार बेलायतको सबैभन्दा धनी परिवार हो । उनको सम्पत्ति २८.४७ बिलियन पाउण्ड छ । छैटौं स्थानमा भारतीय मूलका स्टिल टाइकुन लक्ष्मी मित्तल र परिवार छन् । यस परिवारको सम्पत्ति १७ अर्ब पाउण्ड छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट