काठमाडौं – अहिले देशभर तिहारको माहोल छ । घरघरमा भिलिमीलि, मिठा मिठा परिकार बनेका छन् । बिहिबारको भाइटिकाको तयारी पनि चलिरहेको छ । बजारमा किनमेल गर्नेको भीडभाड देखिन्छ । दिउँसो, साझँ देउँसुरेको आवाज सुनिन्छ ।
यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि देउसी खेलेका छन् । मंगलबार चर्चित हास्यकलाकार हरिवंश आचार्यको घरमा उनले देउसी खेलेका हुन् । देउसी खेल्ने क्रममा मेयर शाहले नै भट्टाएका थिए । उनले भट्ट्याउँदै गर्दा आफ्नै साथीको रेष्टुरेण्ट भत्काउनुपर्दा दुख लागेको कुरा गरे । यो भिडियो शिब दाहालले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
भिडियोमा भट्टाउँदै मेयर शाहले भने – ‘कति राम्रो राम्रो गीत यहाँ गाइयो, दु:ख लाग्छ साथी हो आफ्नै साथीको रेष्टुरेण्ट भत्काइयो।’ उनले – ‘आहा कलिलो तामालाई सोध रामालाई ..’ गीत पनि गाएका छन् । अहिले सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
देउसीमा बालेन साहले भने -“साथीको रेष्टुरेन्ट भत्काउनुपरेकाेमा भने दु:खी छु ” 😊 pic.twitter.com/ajSvmMpISn
— ShIvA DaHaL (@dahalshivaji) October 25, 2022