तेस्रो विवाह गर्ने तयारीमा भुवन, जियासँग प्रेमसम्बन्धमा-Sutra News

तेस्रो विवाह गर्ने तयारीमा भुवन, जियासँग प्रेमसम्बन्धमा

बुधबार, ९ कार्तिक २०७९

बुधबार, ९ कार्तिक २०७९

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता भुवन केसी फेरि अर्को विवाहको तयारीमा छन् । उनले अब चाँडै नै जिया केसीसँग विवाह गर्ने बताइएको छ । करिब सात वर्षदेखि भुवन जियासँग प्रेमसम्बन्धमा छन् ।



अहिले यी दुईको प्रेमसम्बन्धबारे निकै चर्चा चलिरहेको छ । अमेरिका भ्रमणमा रहेका भुवनले त्यहाँका केही नेपाली मिडियासँग चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको समेत बताएका थिए ।

उनले आफ्नो प्रेमसम्बन्धलाई परिवारले पनि सपोर्ट गरेको बताए । दुई श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि उनी फेरि विवाह गर्ने सुरमा रहेका हुन् । अनमोलकी आमा समेत रहेकी सुस्मितासँगको सम्बन्ध विग्रिएपछि उनी जियासँगको प्रेममा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट